अगस्त्य चलचित्रका लागि सौगातले घटाए २० किलो तौल

नेपाली चलचित्रमा आफूले निर्वाह गर्ने भूमिकाप्रति कलाकार गम्भीर नरहेको चर्चा हुने गर्छ । सीमित बजेट र समयका कारण कलाकारले पात्रलाई आफूअनुकूल तयार गर्न नसकेको गुनासो गर्ने गरेका छन् । तर पछिल्लो समय अभिनेता सौगात मल्लले अभिनय गरेको ‘द अनब्रेकेबलः अगस्त्य’ को श्रव्यदृश्य सार्वजनिक भएसँगै मिहिनेतको प्रशंसा भइरहेको छ ।

अभिनेता मल्लले उक्त चलचित्रका लागि आफ्नो तौल २० किलोग्राम घटाएको जानकारी दिए । ‘पात्रबारे बुझेरै मैले यसको तयारी तीन–चार महिना अगाडिदेखि नै गरिरहेको थिएँ । खानपानबाटै मैले उक्त तौल घटाउन सफल भएँ,’ अभिनेता मल्लले भने, ‘तौल घटेको दृश्य सकेर बढेको भागको छायांकन गरेको हुँ । उक्त पात्रलाई सक्दो जीवन्त बनाउने प्रयास गरेको छु ।’

उनले चलचित्रमा लगभग दुवै आवरणमा आफूलाई देख्न सकिने जानकारी दिए । चलचित्रका निर्देशक सौरभ चौधरी यसको निर्माण दुई भागमा गरिएको जानकारी दिए । 

‘हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरिएको छ । यसले मनोरञ्जनसँगै हाम्रो समाजमा घटिरहेको घटनालाई देखाइनेछ,’ निर्देशक चौधरीले भने । 

चलचित्रमा प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्र फागुन १८ मा नेपालमा प्रदर्शन हुँदै छ ।





  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार २२:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया