सरकारले नै विकास निर्माणका काम अवरुद्ध गर्न खोज्यो : अमरेशकुमार सिंह

सांसद अमरेशकुमार सिंहले सरकारले विकास निर्माणका कामहरू अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले विकासका कामहरू अर्थमन्त्री प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन बेवास्ता गरिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई प्रश्न गरे ।

उनले भने, ‘यो सरकारमा विकास निर्माण अवरुद्ध गर्न नै खोजिएको हो । गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी भएको छैन, नयाँ काम सुरु भएको छैन । काम सुरु भएको छ जम्मा तीन जिल्लामा, अर्थमन्त्रीको जिल्ला नुवाकोट, सत्ता गठबन्धनको जिल्ला डडेलधुरा र अर्को चितवन बाँकी ७४ जिल्लामा विकास निर्माण हुनुहुँदैन ? भौतिक पूर्वाधार मन्त्री यहीँ हुनुहुन्छ, सोध्न चाहन्छु ।’

यस्तै, उनले ठेक्का लागिसकेको योजनामा पनि काम नभएको भन्दै यो देश तीन जिल्लाको मात्रै नभएको बताए । उनले भने, ‘ठेक्का लागिसकेको छ, त्यसमा काम किन नहुने ? यो तीन जिल्लाको मात्रै यो देश हो वा तीन जनाको मात्रै यो देश हो ? किनभने अहिले पनि २ खर्बभन्दा बढीको नुवाकोटमा, गोरखा, चितवनमा आयोजना स्वीकृत भएको छ ।’
 





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १२:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया