सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल : रमेश लेखक
फाइल तस्बिर

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल भएको बताएका छन् । महेन्द्रनगरमा आज महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव समारोहमा कांग्रेस नेता लेखकले नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाका निर्माणको काम क्रमिकरूपमा अघि बढेको बताए ।

‘दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माणको शिलान्यास आगामी एक–दुई महिनामा हुन्छ,’ उनले भने, ‘भारतले पनि सुक्खा बन्दरगाहसित जोड्ने काम गर्नेछ ।’ उनले महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको बताउँदै महाकाली करिडोरको काम पनि प्रारम्भ भएको जानकारी दिए ।

‘यो पटक कञ्चनपुर र डडेल्धुरा करिडोरबाट जोडिएर हामीले परशुराम धामको दर्शन गरिसकेका छौँ,’ लेखकले भने, ‘अर्कोपटक यही करिडोरबाट बैतडी र त्यसपछि दार्चुला पुग्ने गरी ट्रयाक खुलाउने काम हुन्छ ।’ उनले चीन र भारतसित नाका जोड्न सके तीन देशबीचको व्यापार बढ्ने विश्वास व्यक्त गए ।

‘ठूलो अर्थतन्त्र भएको मुलुक भारतमा सम्भावना बोकेका प्रान्तहरूबाट हामी सबैभन्दा नजिक छौँ,’ उनले भने, ‘चीनको पनि कैलाश मानसरोवर धार्मिकस्थल नजिक भएकाले हामीले दुवैतिर नाका खोल्नुपर्छ ।’  





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार २२:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया