देव खनालले जिते वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड

नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको २०औँ एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत देवले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका हुन् । 

मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङफी सुष्मा तामाङलाई पछि पार्दै देवले उक्त अवार्ड जिते । उनले आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपाली क्रिकेट टिमको नेतृत्व गरेका थिए ।  

देवको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । यस्तै, विश्वकप छनोटका पाँच खेलमा समेत उनले राम्रो प्रदर्शन गरेका थिए । 

देवले कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाएका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटसँगै घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । 





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार ७:१०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया