जितेन्द्रनारायण भन्छन्- ‘गठबन्धन राजनीतिले भ्रष्टाचार बढ्यो, प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाऔँ’

नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताएका हुन् । 

उनले एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको बताए । देवले प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्ने बताए । उनले आजको राष्ट्रिय परिस्थिति चुनौतिपूर्ण रहेको बताए ।

देवले व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको भन्दै सबै राजनीतिक दलहरूले यसमा सोच्न जरुरी रहेको बताए । उनले  यो वा त्यो पार्टीभन्दा पनि व्यवस्थाप्रति जिम्मेवार रहन आग्रह गरे । 





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार १२:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया