च्याम्पियन्स लिग पिएसजीको जितमा एम्बाप्पेको गोल

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिग फुटबलको राउन्ड अफ सिक्सटिनको पहिलो लेगमा जित निकालेको छ ।

आफ्नै मैदानमा पाहुना टोली जर्मन क्लब रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पिएसजीले दुवै गोल दोस्रो हाफमा निकाल्न सफल भयो ।

५८ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले फावियन रुइजको पासमा गोल गरेका थिए । 

सोही अग्रता अन्त्यसम्म जोगाउँदै पीएसजीले रियल सोसिडाडलाई २–० गोल अन्तरले पहिलो लेगमा जित निकाल्यो । दोस्रो लेग मार्च ६ तारिखमा हुने छ ।

च्याम्पियन्स लिगकै अर्को खेलमा इटालियन क्लब लाजियोले जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गरेको छ ।

लाजियोले ६९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पहिलो लेगमा १–० को जित निकालेको हो । किरो इमोबिलले ६९ औं मिनेटमा पेनाल्टीमा गोल गरे । दोस्रो लेग मार्च ६ तारिखमा हुनेछ ।  





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १०:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया