क्यानडाविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल ‘ए’, प्लेइङ-११ मा दुई परिवर्तनको सम्भावना
तस्बिर : क्यान

एकदिवसीय सिरिजमा नेपाल ‘ए’ टिमले आज क्यानडा इलाभेनविरुद्ध खेल्दैछ । यी दुई टिमबीचको खेल बिहान साढे ९ बजेदेखि मुलपानी क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।

सिरिजमा जीवित रहन नेपाल ‘ए’ लाई आजको खेल जित्नैपर्ने दबाबमा छ । पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । क्यानडा भने एक खेल अगावै सिरिज जित्ने योजनामा छ । उसले पहिलो खेलमा नेपाल ‘ए’ ले दिएको २ सय १८ रनको लक्ष्य ४९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । 

क्यानडाका लागि नवनित धालिवालले ८० र निखिल दत्तले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । पहिलो खेलमा नेपालका लागि भने बसिर अहमदले मात्र अर्धशतकीय पारी खेल्न सके । उनले ५५ बलमा तीन चौका र एक छक्कासहित अविजित ५० रनको पारी खेलेका थिए । सिरिजमा जीवित रहन दोस्रो खेलमा नेपाल ‘ए’ टिमले ब्याटिङमा सुधार गर्न आवश्यक छ । 

त्यसका लागि नेपाल उत्कृष्ट प्लेइङ–११ का साथ मैदान उत्रनेछ । नेपालले दोस्रो खेलमा प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले मंगलबार प्रतिश जिसी र किरण ठगुन्नालाई विश्राम दिएर हेमन्त धामी र आशुतोष घिरैयाले मौका पाउने सम्भावना रहेको हो । 

आशुतोष घिरैया



पहिलो खेलमा अर्जुन कुमाल र मयन यादवले ओपनिङ गरेका थिए । दोस्रो खेलमा मयनलाई मध्यक्रममा खेलाउँदा अर्जुन र आशुतोषले ओपनिङ गर्न सक्छन् । पहिलो खेलमा मयनले ३५ र अर्जुनले ४ रन बनाएका थिए । यो सिरिजको तेस्रो खेल बिहीबार हुनेछ । 

नेपाल ‘ए’ को सम्भावित प्लेइङ–११ : अर्जुन कुमाल, आशुतोष घिरैया, राशिद खान, मयन यादव, विनोद भण्डारी (कप्तान/विकेटकिपर), सन्दीप जोरा, विवेक यादव​, बसिर अहमद, हेमन्त धामी, साहब आलम र सागर ढकाल ।    



  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार ७:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया