ला लिगामा एथ्लेटिक क्लबसँग हार्‍यो जिरोना

स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको जिरोना पराजित भएको छ । सोमबार राति भएको खेलमा ऊ एथ्लेटिक क्लबसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

खेलमा एलेजान्ड्रो रिमेरियोले दोस्रो मिनेटमै गोल गर्दै एथ्लेटिकलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा त्यही एक गोलका कारण पछि परेको जिरोनाले ४९औँ मिनेटमा बराबरी गरेको थियो । 

जिरोनाका लागि त्स्यगानकोवले बराबरी गोल फर्काए । तर, ५६ औँ मिनेटमा एलेजान्ड्रोले व्यक्तिगत दोस्रो गोल गर्दा एथ्लेटिक बिलबाओ २–१ ले अघि बढेको थियो ।

त्यसैगरी ६०औँ मिनेटमा इनाकी विलियम्सले गोल गर्दै एथ्लेटिकलाई ३–१ ले अघि बढाए । ७५औँ मिनेटमा एरिक ग्रासियाले गोल गरेर जिरोनालाई राहत दिलाए पनि अन्ततः एथ्लेटिक विलबाओ ३–२ ले विजयी भयो ।

जितसँगै बिलबाओ तालिकामा ४९ अंकका साथ पाँचौं स्थानमा छ भने पराजित भएको जिरोना ५६ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । ला लिगामा रियल मड्रिड ६२ अंकका साथ शीर्ष स्थानमा छ ।
 






  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार ८:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया