क्यानडाविरुद्ध नेपाल ‘ए’ फिल्डिङमा, विनोदको ठाउँमा सन्दीप कप्तान
तस्बिर : क्यान

क्यानडा–११ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल ‘ए’ र क्यानाडा–११ बीचको खेल मुलपानी क्रिकेट ग्राउन्डमा भइरहेको हो । 

आज नेपाल ‘ए’ को कप्तानी सन्दीप जोराले गरिरहेका छन् । दोस्रो खेलमा नेपालले नियमित कप्तान विनोद भण्डारी र प्रतिश जिसीलाई विश्राम दिएर शेर मल्ल र रिजन ढकाललाई मौका दिएको छ ।  सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । 

नेपालको प्लेइङ–११ : अर्जुन कुमाल, मयन यादव, राशिद खान, किरण ठगुन्ना, बसिर अहमद, सन्दीप जोरा (कप्तान), विवेककुमार यादव, शेर मल्ल, सागर ढकाल, शाहब आलम र रिजन ढकाल । 

बेन्च : विनोद भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी, प्रतिश जिसी र सुजन थपलिया ।  





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार ९:२१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया