भ्रष्टाचार मुद्दा लागेपछि राप्रपाका सांसद निलम्बनमा

लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादव निलम्बनमा परेका छन् । राप्रपाबाट निर्वाचित यादवमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनी स्वतः निलम्बनमा परेका हुन् । 

कपिलवस्तु क्षेत्र ३ (ख) बाट निर्वाचित यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायरपछि उनी लुम्बिनी प्रदेशसभाबाट स्वतः निलम्बनमा परेको प्रदेशसभाले जनाएको छ । 

कपिलवस्तुस्थित गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्युफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा गोलमाल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन ८ गते  मुद्दा दायर गरेकोले उक्त मुद्दाको किनारा नलाग्दासम्म स्वतः निलम्बन गरिएको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले आज एक विज्ञप्ति जारी गर्दै जनाएका हुन् । 

आयोगले लुम्बिनी प्रदेशका प्रदेश सांसद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नापजाँच मूल्यांकन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन संकलन भएको देखाएर भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ । लुम्बिनी प्रदेशका सांसद यादवको हकमा २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा बिगो कायम गरी कैदसजायको मागदाबी गरिएको छ ।





  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार २१:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया