रवि लामिछानेको प्रश्न- विवादित मन्त्रीलाई संसदमा जवाफ दिन कसले रोक्यो ?
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विवादित मन्त्रीहरूले आफूमाथि उठेका प्रश्नको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा उनले विवादित मन्त्रीहरूले आफूहरूमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् । लामिछानेले सभामुखले पटक–पटक रुलिङ गरेको भन्दै मन्त्रीहरूलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ भनी प्रश्नसमेत गरे । 

उनले सार्वभौम संसदलाई लडाइ र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ भनी प्रश्नसमेत गरे । लामिछानेले एनसेल खरिदबिक्री प्रकरणको छानबिन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताए ।  

उनले सरकारले मिटरब्याज पीडितको समस्या समाधान नगरेको पनि बताए । सरकारले विगतमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको लामिछानेको भनाइ छ ।  


 





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १२:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया