रास्वपा सांसद पराजुलीको प्रश्न- गुणस्तरहीन छडको जिम्मेवारी कसले लिन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले गुणस्तरहीन छडबाट सर्वसाधारण नागरिकले बनाएका संरचनाको सुनिश्चितताबारे ध्यान दिन आवश्यक रहेको बताएका छन् ।  

बिहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले निर्माण कार्यमा प्रयोग हुने गुणस्तरहीन छडको कारण सर्वसाधारणले बनाएका संरचना जोखिमयुक्त रहेको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए । 

सांसद पराजुलीले निर्माण प्रक्रियामा सरकारले बनाउने ठूला योजनामा गुणस्तर मापन हुने तर सर्वसाधारण नागरिकले बनाएका संरचनामा छडजन्य सामग्रीको गुणस्तर मापन नहुने भएकाले सरकारले विशेष जोड दिएर अघि बढ्न आवश्यक रहेको बताए । 

उनले सबै उद्योग समानरूपमा सञ्चालनका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । सांसद पराजुलीले नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा आवश्यक हुन्छ भन्नेबारेमा पनि छलफल हुन जरुरी रहेको बताए ।   

उनले नेपालमा रोजगारी बढी दिनसक्ने उद्योगको सञ्चालन आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १३:३५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया