टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्ने

त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्ने भएका छन् । 

आइतबार नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएसँगै नेपाल र नेदरल्याण्ड्सले उपाधिका लागि खेल्ने भएका हुन् । नामिबियासँग अंक बाँडेसँगै नेदरल्याण्ड्सले सबैभन्दा बढी ५ अंक जोड्यो ।

यस्तै, दोस्रो स्थानमा रहेको नेपालले ४ खेलबाट ४ अंक जोड्यो । तेस्रोमा रहेको नामिबियाले ४ खेलमा ३ अंक प्राप्त गर्‍यो । नेपाल र नेदरल्याण्ड्सको फाइनल खेल मंगलबार हुने तालिका छ ।





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १४:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया