परिस्थिति हेरेर निर्णय लिने अधिकार लामिछानेलाई दिने रास्वपाको निर्णय
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

सोमबार बिहान बसेको पार्टी सचिवालय बैठकले वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अब तत्काल लिनुपर्ने राजनीतिक निर्णय लिने अधिकार सभापतिलाई दिएको हो । 

बैठकमा सभापति लामिछानेले समसामयिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । सत्ता गठबन्धनमा खटपट पैदा भइरहेका बेला आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाका सभापति लामिछानेसहितसँग चरणबद्ध वार्ता गरेका थिए । 

‘अहिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल भयो, त्यसपछि फरक राजनीतिक समीकरणको पनि सम्भावना नहुने भन्ने हुँदैन,’ बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने ।  
 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १०:०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया