पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, एम्बाप्पेको दुई गोल

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटिनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि पिएसजीले समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । 

पिएसजीले रियल सोसिडाडलाई पहिलो लेगमा २–० तथा मंगलबार राति भएको दोस्रो लेगमा २–१ ले हरायो । दोस्रो लेगमा​ पिएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरे । खेलको १५ औँ मिनेटमा ओस्मन डिम्बेलेको पासमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।  

५६ औँ मिनेटमा ली काङको पासमा एम्बाप्पेले नै दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए । ८९ औँ मिनेटमा रियर सोसिडाडका लागि मिकेल मेरिनोले गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।  






  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार ७:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया