बार्यन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, ह्यारी केनको दुई गोल

जर्मन क्लब बार्यन म्युनिख युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्यनले इटालियन क्लब लाजियोलाई राउन्ड अफ सिक्सटिनको दोस्रो लेगमा ३–० को जित निकाल्दै म्युनिख क्वाटरफाइलमा प्रवेश गरेको हो ।

ऊ पहिलो लेगमा भने १–० ले पराजित भएको थियो । पहिलो लेगमा लाजियोले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्दै बार्यनलाई पराजित गरेको थियो । दोस्रो लेगमा भने बार्यनले साननदार पुनरागमन गर्‍यो ।

बार्यनको जितमा हेरि केनले दुई तथा थोमस मुलरले एक गोल गरे । ​केनले ३८ औँ मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा मुलरले गोल गरेपछि बार्यनले अग्रता दोब्बर बनायो ।   

यस्तै, ६६ औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा बार्यन ३–० को जित निकाल्न सफल भयो । पहिलो र दोस्रो लेगको नतिजाका आधारमा बार्यन अन्ततः ३–१ को नतिजाका साज अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।   






  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार ७:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया