रास्वपाले चार मन्त्रालय पाउने, गृहमा रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपाले उपप्रधानमन्त्री र गृहसहित चार मन्त्रालय पाउने निर्णय भएको हो । 

यस्तै, रास्वपाले आफूले पाएको मन्त्रालयको जिम्मेवारी क–कसलाई दिने भन्ने विषय पनि टुंग्याएको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रीमा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने सम्भावना छ ।  





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १३:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया