अमेरिकी जहाजमाथि हुथी हमला : तीन जनाको मृत्यु, एक नेपालीको अवस्था अज्ञात

दक्षिणी यमनमा हुथी विद्रोहीले आक्रमण गर्दा अमेरिकी कार्गो जहाजका चालक दलका तीन सदस्यको मृत्यु भएको छ । यस्तै, आक्रामणमा जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात छ ।

बार्बाडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्रु कन्फिडेन्समाथि हुथी लडाकूले गल्फ अफ एडनमा हमला गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।

मृतकको पहिचान खुलेको छैन । उक्त घटनामा चारजना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।  

आफूहरूको चेतावनी बेवास्ता गरेको भन्दै जहाजमाथि हमला गरेको हुथी लडाकूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार ८:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया