सन्ठीले घोच्दा नरिवल झर्दैन, कसैले चाहँदैमा कोशी सरकार ढल्दैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको सरकार परिवर्तन नहुने बताएका छन् । झापाको बिर्तामोड–३ स्थित बिर्ता बजारमा आज मदरसा तालिमुल कुरानको भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकार नढल्ने बताएका हुन् ।

‘पटुवाको सन्ठीले नरिवल घोचेजस्तो कसैले चाहँदैमा घोचेर कोशी प्रदेश सरकार नढल्ने उल्लेख गर्दै उनले भने, ‘सन्ठीले घोच्दा नरिवल झर्दैन ।’

विद्यार्थीलाई सक्षम बनाउने दायित्व प्रदेश सरकारको पनि भएको बताउँदै उनले पढाइमा अब्बल रहेका विद्यार्थीलाई प्रदेश सरकारले पैसा तिरेर पढाउने उल्लेख गरे ।

आर्थिक अवस्थाका कारण अध्ययनबाट वञ्चित बालबालिकालाई प्रदेश सरकारले नै पढाउने वातावरण सिर्जना गर्ने योजना पनि अघि बढाइएको उनको भनाइ छ ।

त्यस अवसरमा मुख्यमन्त्री कार्कीले भवनको शिलान्यास गरेका थिए । उक्त मदरसा भवन निर्माणका लागि ४८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

४ कठ्ठा १८ धुर जग्गामा निर्माण हुन लागेको भवन कोशी प्रदेश सरकार, झापाका अन्य स्थानीय तह, बिर्तामोड नगर र दाताहरुको सहयोगमा निर्माण गर्न लागिएको जनाइएको छ ।
 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार २०:४७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया