टी–२० सिरिज : उपाधिका लागि नेपालले पिएनजीसँग खेल्दै, हेड टु हेडमा को अगाडि ?

हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले आज पपुवा न्यूगिनी (पिएनजी) को सामना गर्दैछ । यी दुई टिमबीचको खेल बिहान ११ः४५ देखि सुरु हुनेछ ।  

नेपाल पिएनजीलाई ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनल खेल्न लागेको हो । पिएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको हो । नेपाल पिएनजीविरुद्धको अपराजित यात्रा कायमै राख्ने सोचमा छ । 

हेड टु हेडमा नेपाल अगाडि 

हेड टु हेडको कुरा गर्दा हालसम्म यी दुई टिमले पाँच टी–२० आई खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले चार र पिएनजीले एक खेल जितेको छ । पिएनजीले सन् २०१५ यता नेपाललाई हराउन सकेको छैन । ऊ आज ९ वर्षअघिको इतिहास दोहोर्याउँदै सिरिज जित्ने योजनामा छ ।     

।  यी दुई टिम आसन्न टी–२० विश्वकपको तयारीस्वरूप सिरिज खेल्न लागेका हुन् । आउँदो १ जुनदेखि अमेरिका र वेस्ट इण्डिजमा सुरु हुने विश्वकपमा पिएनजी समूह ‘सी’ र नेपाल ‘डी’ मा छ । 



समूह चरणमा नेपालले ४ जुनमा नेदरल्याण्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । यता पिएनजीले २ जुनमा वेस्ट इण्डिज, ६ जुनमा युगाण्डा, १४ जुनमा अफगानिस्तान तथा १७ जुनमा न्यूजिल्याण्डको सामना गर्नेछ । 



  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार ६:४५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया