चारजना स्रष्टालाई पारिजात सम्मान

पारिजात स्मृति केन्द्रले नेपाली भाषा,साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान गरेका चारजना श्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ ।
 
साहित्यकार पारिजातको ९१औँ जन्मजयन्तीको अवसरमा पारिजात बालसाहित्य सम्मानबाट बालसाहित्यकार प्रा.डा. ध्रुव घिमिरे, पारिजात कला सम्मानबाट  गीतकार उदय श्रेष्ठ, पारिजात सृजन सम्मानबाट शोभा दुलाल र पारिजात संघर्षशील नारी सम्मानबाट निर्मलादेवी साहलाई सम्मान गर्ने निर्णय गरिएको  पारिजात स्मृतिकेन्द्रद्वारा आयोजित कार्यक्रममा जानकारी दिइएको हो । 

केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठका अनुसार आगामी वैशाख ५ गते पारिजात स्मृति दिवसका अवसरमा ती सम्मान प्रदान गरिनेछ ।





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १८:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया