आइसिसीका अध्यक्ष ग्रेग बार्क नेपाल आउने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्क नेपाल आउने भएका छन् । नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन् । चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका छ । 

उनले त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानको पनि अवलोकन गर्नेछन् । उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्ति जारी गर्दै जनाएको हो ।

पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरिरहेका बेला अध्यक्ष बार्कको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको क्यानका पदाधिकारीले बताएका छन् ।

अध्यक्ष बार्कले पनि नेपाल भ्रमणका विषयमा आफू उत्साहित भएको बताएका विज्ञप्तिमा उल्लेख छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि आइसिसी अध्यक्ष नेपाल आउन लागेकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बार्क सन् २०२२ मा आइसिसीको नेतृत्वमा आएका हुन् । न्यूजिल्याण्ड क्रिकेट बोर्डमा लामो समय काम गरेका बार्कले आइसिसीमा शशांक मनोहरको स्थान लिएका थिए ।
व्यावसायिक पृष्ठभूमिका बार्कले आइसिसीमार्फत सदस्य राष्ट्रको क्रिकेटको विकासमा चासो व्यक्त गर्दै आएका छन् ।
 





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार ६:४१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया