संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजे बोलाइएको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
उनले नै ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।
महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८१/२०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि पनि छलफल प्रारम्भ गरिनेछ ।
हेर्नुस् सम्भावित कार्यसूची :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।