मन्त्री अर्यालको दाबी- रास्वपाको मिसन बेथितिविरुद्धमा काम गर्ने हो, भ्रष्टाचार अन्त्य गर्छौँ
फाइल तस्बिर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले रास्वपाको मिसन बेथितिविरुद्धमा काम गर्ने रहेको बताए । उनले रास्वपाको मिसन सुशासन कायम गर्नु पनि रहेको बताए । भ्रष्टाचार अन्त्य, बेथिति विरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने बताए । 

उनले भने, ‘रास्वपाको मिसन बेथिति विरुद्धमा काम गर्ने । साथै भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो । त्यस कारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । हाम्रो यो भन्दा बढी मिसन खासै छैन । त्यति गर्ने बित्तिकै यो देश समृद्ध हुन्छ । समुन्नत हुन्छ, जनताले राहत पाउँछन्, जनताले राज्य र सरकार भएको महसुस गर्दछन् ।’

उनले जनताले राज्य र सरकार भएको महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।  





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १३:२६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया