ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जलेर नष्ट
फाइल तस्बिर

ताप्लेजुङमा आगालागी हुँदा दुई वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख रपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । मंगलबार भएको आगलागीबाट घर नजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् । 

जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेको सात दिनमा सातवटा घर जलेका प्रहरीले जनाएको छ ।     





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार ६:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया