आगलागीले मृत्यु भएका परिवारलाई कोशी सरकारको १ लाख सहयोग

आगलागीका कारण मृत्यु भएका भोजपुरका तीन बालबालिकाका परिवारलाई कोशी प्रदेश सरकारले प्रति परिवार १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री केदार कार्कीले सम्बन्धित प्रदेशसभा क्षेत्रका सांसदहरूसहित आगलागी भएको क्षेत्रमा पुगेर स्थगलत अवलोकन गर्दै पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् । 

मंगलबार मुख्यमन्त्री कार्की प्रदेशसभा सदस्य विनोद बान्तवा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्र पुगेका थिए । त्यसक्रममा प्रदेश सरकारकातर्फबाट राहत वितरण गरे । 

३ चैतमा हतुवागढी–७ को पात्लेपानीमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको थियो । आगलागीले पाँच वर्षीय प्रतिश कार्की, सात वर्षीय दिप्सिका कार्की र तीन वर्षीय दिनेश कार्कीको मृत्यु भएको थियो ।  
 





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार ८:५८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया