होली खेल्ने तयारीमा हुनुहुन्छ ? यी कुरामा ध्यान नदिँदा पर्न सक्छ अप्ठ्यारो

रङहरूको पर्व होली नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । 

होली रंग र खुसीको पर्व हो । सबैलाई एक अर्कामा रङ दल्ने र एक अर्कामा आपसी भाइचाराको पर्वको रूपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ । 

यसै गरी रंगहरूमा पाइने विषाक्त पदार्थहरू तपाईँ हाम्रो मुख, नाक, कान आदिमा पर्दा यसले जोखिम पनि हुने भएकाले सभ्य तरिकाले होली पर्व मनाउनका लागि सार्वजनिक अपिल पनि गरिएको छ ।

होलीको पूर्व सन्ध्यामा पनि मानिसहरू भेला भएर आगो बाल्ने  (होलिका दहन) गर्दछन् । त्यसरी आगो बाल्दा धुवाँका कणका कारण फोक्सोमा असर गर्दा स्वास फेर्न पनि अप्ठेरो हुने गर्छ ।

होली खेल्न प्रयोग गरिने कृत्रिम रङ र विशेष गरी सुक्खा रंगमा विषाक्त रसायन र मट्टितेल हुन्छ जसले दमको रोग निम्त्याउन सक्छ । सबै परम्परागत रङहरूमा हानिकारक तत्त्वहरू हुन्छन् जसले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने भएकाले ख्याल गर्नका लागि चिकित्सकहरूले पनि अनुरोध गरेका छन् ।

होली खेल्दा ध्यान दिनुपर्ने कुराहरू



१. फेस मास्क लगाउने

दम वा अन्य कुनै रोग लागेका बिरामीले होली खेल्दा अनुहारमा मास्क लगाउनुपर्छ । तपाईँले नाक र मुख छोपिए पनि सास फेर्न सक्ने हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुहोस् ।  



२. रङ सँग खेल्नु हुँदैन

होली रङको पर्व भए पनि अस्वस्थ मानिसहरूले सावधानी अपनाउनुपर्छ । मानिसहरूले हावामा सुक्खा रङहरू फ्याँकेका हुन्छन्, जसले कहिलेकाहीँ श्वासप्रश्वाससम्बन्धी रोगहरूबाट पीडित मानिसहरूलाई समस्या बनाउँछ । रंगहरूमा पाइने रसायनहरूले हाम्रो नाकको भित्री भागलाई जलन गराउँछ । 

बेसार, गुलाब पाउडर, चुकन्दर र अन्य धेरै सामग्रीहरू जस्ता प्राकृतिक विकल्पहरू प्रयोग गरेर होली खेल्ने गर्दा केही हदसम्म यसबाट बच्न पनि सकिन्छ । चिकित्सकहरूले पनि कृत्रिम रंगको सट्टा प्राकृतिक र अर्ग्यानिक रंगले होली खेल्न सुझाव दिने गरेका छन् ।

३. जाँड रक्सीको सेवन नगर्नुहोस्

रंगहरुको यो पर्व मनाउन कतिपयले जाँड रक्सीको प्रयोग गर्छन् । जाँड रक्सीको सेवनले यसै पनि स्वास्थ्यमा समस्या गर्ने भएकाले यसको विकल्पमा घरमा बनाएको फलफूल र तरकारीको जुस प्रयोग गर्दा स्वास्थ्यलाई पनि राम्रो गर्छ ।

  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १०:७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया