प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेटका अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । 

सो अवसरमा प्रधानमन्त्री दाहालले आइसिसीका अध्यक्षको भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्व पाएको बताए ।

उनले भने, ‘नेपाल सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ । सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’का लागि नेपाल सरकारले निकै महत्व दिएको छ । आइसिसीबाट पनि महत्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।’

अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसिसीले सहयोग गर्ने बताएका थिए ।

भेटमा नेपाल सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्याल र नेपाल क्रिकेट संघका पदाधिकारीको सहभागिता रहेको थियो । 





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १६:२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया