वसन्तपुरमा होलीको उमंग, चीर पूजा गर्नेको भीड [तस्बिरहरू]

वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ । आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । 

आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ । 

एक अर्कामा रङ दलेर खुसीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । 

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ । 

 





 

  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार ११:१२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया