रास्वपाप्रति ओली असन्तुष्ट, लगाए चोरको आरोप

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विचार नभएको पार्टीका रुपमा चित्रण गरेका छन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पार्टी कुनै विचार नभएको पार्टी भएको बताए । विचारमा कुनै नयाँपन नरहेको बरु आफ्नो पार्टी नेकपा एमालेले गरेका काम चोरी गर्ने काममा लागेको उनको आरोप छ । 

नयाँ भनिएकाहरू चित्रकलाको प्रतिस्पर्धामा आएको, तर क्यान्भास खाली रहेको उनले बताए । नयाँ पार्टीहरुलाई आफ्नो चित्र (विचार) माग्दा पुरानाहरु छोडिदिन र नयाँ चित्र बनाउँछौँ मात्रै भन्ने गरेको तर चित्र के बनाउने भन्ने नै अनभिज्ञ रहेको उनले बताए । अध्यक्ष ओलीले नयाँ पार्टीका प्रतिबद्धताहरु पनि उस्तै रहेको बताए । पुराना पार्टीहरुको विचार हेरेर नयाँ कोर्ने प्रयास गरिरहेको पनि उनले बताए । 

‘भनिदिनलाई त, गुलिया, मिठा, उल्टापाल्टा कुराहरु गर्दछन्, केही पनि छैन, क्यान्भासमा । नयाँहरु हाम्रो चित्रहरु हेरेर रङ कसरी प्रयोग गरिन्छ, रङ संयोजना कसरी हुन्छ, हेर्न खोज्दै छन्,’ उनले भने, ‘हामी सोध्छौँ, चित्र कस्तो लागिरहेको छ, चित्र ठिक छैन, तर उनीहरु चित्र हेरिरहेको हुन्छन्, कसरी बनाउने, कसरी कोर्ने, त्यही सिक्न खोजेका छन्, तर हाउभाउ बिगार्छन् ।’





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार २२:२१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया