logo-img

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ । आजको बैठकमा तीन मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

आज वन तथा वातावरण मन्त्रालय, संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । 

यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम पनि हेरफेर गर्ने कार्यसूची छ । साथै, उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ‘बिम्स्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने पनि कार्यसूची छ।



कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको, ‘विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार ११:५७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया