एकदिवसीय सिरिज : आयरल्याण्डविरुद्ध ‘क्लिन स्विप’बाट जोगिएला नेपाल ‘ए’ ?
तस्बिर : क्यान

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सले एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेल आज खेल्दै छन् । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । खराब लयबाट गुज्रिरहेको नेपाल फाइनलमा आयरल्याण्डलाई हराउँदै सुखद अन्त्य गर्ने योजनामा छ ।  

घरेलु मैदानमा जारी यस सिरिजमा नेपालको ‘ए’ टिमले निकै खराब ब्याटिङ गरिरहेको छ । लगातार दुई खेलमा हार बेहोरिसकेको नेपालले एक म्याचअगावै पाहुना टिमलाई सिरिज सुम्पिसकेको छ । नेपालले पहिलो खेलमा २१ तथा दोस्रो खेलमा ११४ रनको हार बेहोर्‍यो । 

नेपाल दुवै खेलमा खराब ब्याटिङका कारण पराजित भएको हो । पहिलो खेलमा १५७ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा १३६ रनमै अलआउट भयो । दोस्रो खेलमा जित्नैपर्ने दबाबमा रहेको नेपाल १७५ रनको लक्ष्य पछ्याउनेक्रममा १६.५ ओभरमा ६० रनमै समेटियो ।  

जारी सिरिजमा नेपालका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेका छैनन् । नेपाली ब्याटरले बनाएको उच्च स्कोर भनेको पहिलो खेलमा साहब आलमले बनाएको ३७ रन हो । 



लज्जास्पद ब्याटिङ गरेको नेपाली टिम आज सिरिज ‘क्लिन स्विप’ बाट जोगिन कोसिस गर्नेछ । आयरल्याण्ड भने सिरिज क्लिन स्विप गरेर घर फर्किन चाहन्छ । उसले नेपाल ‘ए’ सँगको तीन खेलको टी–२० सिरिज २–१ ले जितेको थियो ।

ऊ नेपालको सिनियर टिमसँगको दुई खेलको श्रृंखलामा भने पराजित भयो । सो सिरिजमा आयरल्याण्ड ‘ए’ टिम क्रमशः ७१ रन र ६ विकेटले पराजित भएको थियो । 



आइरिस टिम दुई साताअघि नेपाल आएको थियो । सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ ले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । आइतबार नेपालले नरेन भट्ट र बसिर अहमदलाई विश्राम दिएर अर्जुन कुमाल र रूपेश सिंह तथा विकास आग्रीमध्ये एकले मौका पाउन सक्छन् ।   

नेपालको सम्भावित प्लेइङ–११ : अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, विनोद भण्डारी, आरिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, रिजन ढकाल, मौसम ढकाल तथा रूपेश सिंह र विकास आग्रीमध्ये एक ।  

  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ७:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया