आयरल्याण्डविरुद्ध रञ्चित कुमारले दिलाए नेपाललाई तेस्रो सफलता
फाइल तस्बिर

आयरल्याण्ड वल्भ्सविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता स्पिनर रञ्चित कुमारले दिलाए ।  

उनले १६.२ ओभरमा केड कार्माइकललाई ८ रनमा बोल्ड गरे । नेपाललाई दोस्रो सफलता अर्का स्पिनर साहब आलमले दिलाए । उनले १३.२ ओभरमा आक्रामक ब्याटर पिजे मूरलाई आउट गरे । मूरले आज २५ बलमा पाँच छक्का र दुई चौकासहित ४४ रनको इनिङ खेले ।  

नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर विकास आग्रीले दिलाए । उनले ५.३ ओभरमा ओपनर जेम्स म्याकलमलाई ९ रनमा आउट गरे ।

म्याकलमलाई पवेलियन फर्काउनेक्रममा विकेटकिपर अर्जुन साउदले उत्कृष्ट क्याच पक्रिए । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज टस हारेर बलिङमो निम्तो पाएको हो । नेपालले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । 

आज आरिफ शेख, मौसम ढकाल, कमल सिंह ऐरी र बसिर अहमदलाई विश्राम दिएर अर्जुन कुमाल रञ्जित कुमार, रूपेश सिंह र विकास आग्रीलाई मौका दिएको हो । 
 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १०:४७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया