logo-img

बाबुराम भट्टराईको प्रस्ताव : प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ
‘ठोस आर्थिक नीतिबिना देश बन्न सक्दैन’
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीतिबिना देश बन्न नसक्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए । 

भट्टराईले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिएर मात्रै देश विकास गर्न सकिने बताए । उनले कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशतभन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५/४० प्रतिशतसम्म पुर्‍याउने र सेवा क्षेत्रलाई ५०/५५ प्रतिशतमा पुर्‍याउनसके मात्रै देश विकास सम्भव हुने बताए ।   

‘हाम्रो अहिलेको कृषिप्रधान अर्थतन्त्र छ । ६० प्रतिशत जनसंख्या अहिले पनि कृषिमा आश्रित छ । यसलाई यही रुपमा राखेर देश कहिल्यै विकास हुँदैन । कृषि, उद्योग र सेवाका जुन तीनवटा क्षेत्रहरू छन् । त्यसैले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिनुपर्छ । कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५/४० प्रतिशतसम्म पुर्‍याउने र सेवा क्षेत्रलाई ५०/५५ प्रतिशतमा पुर्‍याउने भयो भने देश विकास हुने हो । त्यसको निम्ति स्थिर राजनीति र ठोस आर्थिक नीति चाहिन्छ,’ भट्टराईले भने, ‘स्थिर आर्थिक नीति चाहियो । त्यसैले मेरो सुरुदेखिको प्रस्ताव के हो भने हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाऔँ । त्यस मातहतमा एउटा बलियो इकोनोमिक डेभलपमेन्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर कसरी हासिल गर्न सकिन्छ ? त्यस हिसाबमा अघि बढौँ ।’ 



उनले चीन र भारतसँग औद्योगिकीकरणमा तालमेल गरेर अघि बढ्न आवश्यक रहेको पनि बताए । 





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १२:४१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया