पिएसजीविरुद्ध बार्सिलोनाको रोमाञ्चक जित

युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध पहिलो लेगमा ३–२ गोल अन्तरको जित निकालेको हो ।  

बार्सिलोनाको जितमा राफिन्हाले दुई र आन्द्रेज क्रिस्टियनसेनले एक गोल थपेका थिए । पिएसजीका लागि ओसमन डेम्बेले र भिटिन्हाले एक/एक गोल फर्काए ।

खेलमा ३७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको पिएसजीले दोस्रो हाफको सुरुमै दुई गोल थप्दै अग्रता लियो । 

खेलको ४८ औं मिनेटमा ओस्मन डेम्बेलेले गोल गर्दै पिएसजीलाई खेलमा फर्काएका थिए । ५० औं मिनेटमा फावियन रुइजको पासमा भिटिन्हाले गोल गरेपछि घरेलु मैदानमा पिएसजीले २–१ को अग्रता लियो । तर, त्यो अग्रता १२ मिनेट मात्र टिक्यो । ६२ औँ मिनेटमा बार्सिलोनाका लागि राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । 

७७ औं मिनेटमा क्रिस्टियनसेनले गुन्डोगनको पासमा गोल गरेपछि बार्सिलोनाले अन्ततः ३–२ को जित निकाल्न सफल भयो । यी दुई टिमबीचको दोस्रो लेग यही १७ अप्रिलमा बार्सिलोनाको मैदानमा हुनेछ ।

च्याम्पियन्स लिगकै क्वाटरफाइनलअन्तर्गतको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले बोरुसिया डर्टमुन्डलाई २–१ गोल अन्तरले हराएको छ । 





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार ८:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया