नेपाल फर्किन चाहन्छन् विदेशमा रहेका ७७ प्रतिशत नेपाली

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किन इच्छा राखेको बताएको छ । एनआरएनएले सुरु गरेको हेल्पलाइनमा फोन गरेर उनीहरुले घर पर्किन इच्छा जाहेर गरेका हुन् । 

संघले फोन गर्नेमध्ये ७७ प्रतिशतले नेपाल फर्किनका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको जनाएको छ । संघका अनुसार सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । 

संघका महासचिव हेमराज शर्माका अनुसार मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको छ । अन्यले पनि कम्पनीबाट राजीनामा दिएर नेपाल जान तयारी अवस्थामा रहेको देखिएको छ । उनीहरुका अभिभावकले पनि आफ्ना छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसका लागि सहजीकरण गरिदिन संघसमक्ष आग्रह गरेका छन् । 

भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाणा, नयाँ दिल्लीमा रहेका नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेको आएको संघले जनाएको छ । त्यसैगरी यूएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्बिक, फिनल्यान्ड, अमेरिका, युकेलगायत देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघसमक्ष आ–आफ्ना समस्या राखेका छन् ।

गैरआवासीय नेपाली संघले कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांक संकलन गर्ने, स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने, गैरआवासीय नेपालीले राहत संकलन तथा वितरण गर्ने काम गर्दै आएको छ । 
 





  • प्रकाशित मिति : वैशाख २, २०७७ मंगलबार १७:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया