तीन सातापछि बल्ल सार्वजनिक कार्यक्रममा देखिए किम

एजेन्सी– उत्तर कोरियाका शासक किम जोङ उनबारे गत दुई साता संसारभरका सञ्चारमाध्यममा विभिन्न हल्ला चले । कतिपय सञ्चारमाध्यमले त उनको मृत्यु नै भइसकेको दाबी पनि गरेका थिए । 

उनै किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसिएनए)ले किम सार्वजनिक कार्यक्रममा उपस्थित भएको जनाउँदै उनको फोटो सार्वजनिक गरेको छ । यसअघि उनले २७ अप्रिलमा दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई पठाएको शुभकामना सन्देश सार्वजनिक भएको थियो ।

केसीएनएले सार्वजनिक गरेको तस्विरमा किम राजधानी प्योङयाङनजिकै पर्ने सनचेनस्थित एक मल कारखाना निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा उपस्थित भएको जनाइएको छ । शुक्रबार आयोजित सो कार्यक्रममा उनी बहिनी किम यो जोङ र अन्य वरिष्ठ अधिकारीहरूसहित उपस्थित भएका थिए ।

सार्वजनिक गरिएका फोटोहरुमा किमलाई हाँस्दै गरेको र रिबन काटेको देख्न सकिन्छ । यद्यपि ती फोटोहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

अप्रिल १५ मा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ति समारोहमा उपस्थित नभएपछि किमको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए । 





  • प्रकाशित मिति : वैशाख २०, २०७७ शनिबार १०:२३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया