भदौ १५ सम्म अदालत बन्द गर्न बारको सुझाब

काठमाडौं– कोरोना संक्रमण फैलिएसँगै अदालतमा मुद्दाको सुनुवाइ स्थगित गर्न नेपाल बार एसोसियसनले सुझाब दिएको छ।

भदौ १५ गतेसम्म बन्दीप्रत्यक्षीकरण बाहेकका सेवा देशैभरका अदालतमा बन्द गर्न बारले माग गरेको हो । 

कोरोनाको संक्रमण बढ्दै जाँदा न्यायाधीश, कर्मचारी र कानुन व्यवसायी नै संक्रमित भइरहेको अवस्थामा सुनुवाइ स्थगित गर्न बारका महासचिव लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै माग गरेका छन् ।  

सर्वोच्च अदालतमा कार्यरत सुरक्षाकर्मीमा संक्रमण देखिएपछि बुधबारदेखि न्यायाधीशहरु नै आइसोलेसनमा बस्न थालेका छन्।

 





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार २०:०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया