मेसीका बुवाले गरे बार्सिलोना अध्यक्षसँग भेट

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेसी क्लबमा रहने या नरहने भन्‍ने विशेष चर्चा भइरहेको छ । यसैबीच मेसीका बुवा तथा एजेन्ट जर्जले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउसँग भेट गरेका छन् ।

स्पेनिस पत्रिका मार्साका अनुसार मेसीका बुबाले बार्सिलोना अध्यक्षसँग डेढ घण्टा भेट गरेको बताइएको छ ।

बर्टोमेउ र मेसीका बुवाबीचको छलफलमा केही निर्णय ननिस्केको मार्साले उल्लेख गरेको छ । पछिल्लो समय मेसीले आफू क्लब छाड्न चाहेको बताएका थिए । उता अंग्रेजी पत्रिका द देखी एक्सप्रेसले मेसी सिटीमा जान चाहेको र त्यसका लागि सिटीले उनको रिलिज क्लज तिर्न पनि तयार रहेको बताएका छ । बार्सिलोनासँग मेसीको सम्झौता सन् २०२१ सम्म छ ।

मेसी क्लबमै रहने कुरामा वार्सिलोना वार्ताको इच्छुक देखिए पनि उनले क्लब छोड्ने विषयमा कुनै सहयोग गर्ने पक्षमा नभएको समाचारहरुमा जनाइएको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १३:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया