रुसी विपक्षी नेताको शरीरमा कसले हालिदियो स्नायुविष ?

रुसी विपक्षी नेता अलेक्सी नाभाल्नीले आफ्नो शरीरमा सोभियतकालीन समयमा प्रयोग भएको कडा खालको स्नायुविष ‘नोभिचोक’ प्रयोग भएको पश्चिमी प्रयोगशालाहरूले पुष्टि गरेको सोमबार बताएका छन् ।

उनले शरीरमा ‘नोभेचोक’ स्नायु एजेन्टको संकेत भेटिएको बताउँदै थप अनुसन्धानका लागि आफ्नो लुगा फिर्ता गर्न रुसी सरकारसँग माग गरेका छन् ।

बर्लिनको एक अस्पतालमा उपचारपछि स्वास्थ्य लाभ गरिरहेका नाभाल्नी गत अगस्ट २० मा साइबेरियाबाट मस्कोको उडानमा रहेका समय बिरामी परेपछि उनी चढेकोे विमानलाई बीचैमा अवतरण गराई अस्पताल भर्ना गरिएको थियो । उनलाई उपचार गर्न जर्मनी लग्नुपहिले दुई दिन रुसको अस्पतालमा उपचार गरिएको थियो ।

‘फ्रान्स र स्विडेनमा दुई स्वतन्त्र प्रयोगशाला र बुन्डेश्वेहर विशेष प्रयोगशालाले मेरो शरीरमा नोभेचोकको उपस्थिति पुष्टि गरेका छन्,’ जर्मन सेनाको प्रयोगशालालाई संकेत गर्दै कोमाबाट सामान्य अवस्थामा फर्केका रुसी विपक्षी नेता नाभाल्नीले पहिलोपटक सार्वजनिक गरेको सूचनामा बताए ।

‘मैले अरू केही पनि आशा गरेको छैन,’ उनले लेखेका छन् । रुसी अधिकारीहरूले अनुसन्धानका लागि आफ्नो लुगा फिर्ता गर्न नाभाल्नीले माग गरेका छन् । लुगामा महत्वपूर्ण प्रमाणहरू हुन सक्छन् ।

नाभाल्नी रूसी राष्ट्रपतिका कट्टर आलोचक मानिन्छन् ।





  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार २०:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया