उत्तर कोरियाली शासक किम अझै शक्तिशाली, चिनियाँ राष्ट्रपतिले दिए बधाई

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन थप शक्तिशाली बनेका छन् । सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएपछि उनी थप शक्तिशाली बनेका हुन् ।  

वर्कर्स पार्टीको आठौँ अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ ।

पार्टीको महासचिवका रुपमा उनीभन्दा अगाडि उनको बुबा र त्योभन्दा अगाडि हजुरबुवाले नेतृत्व प्रदान गर्दै आएका थिए । पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको हो ।  

उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमाण्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उनी राज्यका अरु पनि धेरै प्रमुख जिम्मेवारीमा छन् । उनले केही समयपछि पार्टीको अर्को शक्तिशाली जिम्मेवारी आफ्नै बहिनीलाई दिएका थिए । उत्तर कोरियामा उनको परिवारको दबदबा छ । 

उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिन फिङले बधाई ज्ञापान गरेका छन् । 

उनले सोमबार किमलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना पनि दिएका छन् । उनले महासचिवका रुपमा किमसँगको सहकार्य पनि राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार २०:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया