'धुर्मुस' बलिङ गर्ने, मेयर रेणु ब्याटिङ गर्ने

चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन शनिबारदेखि कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ। 

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उक्त प्रतियोगिताको उद्घाटन गरिन्। उद्घाटनका क्रममा कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल 'धुर्मुस'ले बलिङ गर्दा रेणुले ब्याटिङ गरिन्। 

प्रतियोगिताको उद्घाटन क्रममा धुर्मुस, कुञ्‍जना घिमिरे 'सुन्तली' वरिष्ठ कलाकार सुनिल थापालगायत सहभागी भए। 

कार्यक्रममा भरतपुर महानगरका प्रमुख दाहालले महानगरले आफ्नो गौरवको आयोजना समयमै पुरा गर्न हरतरहको सहयोग गरिरहेको बताइन्। उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन देश-विदेशबाट निरन्तर सहयोगको अपेक्षा पनि गरेकी छन्। 

कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ लगायत उपस्थित थिए। 





  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार २२:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया