logo-img

भागरथी हत्या प्रकरणका अभियुक्तलाई सार्वजनिक गरियो

 बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ निवासी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्‍न भएको अभियोगमा पक्राउ गरिएका स्थानीय किशोर दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

भागरथी पढ्ने सनातम माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको बलात्कार तथा हत्या प्रकरणमा आफ्नो संलग्नता स्वीकार गरेपछि उनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा अनुसन्धानबाट मिलेका प्रमाण, प्रत्यक्षदर्शी साक्षी, अभियुक्तको लोकेसन र साबिती बयानका आधारमा पक्राउ गरिएको बताए ।



घटनास्थलमा सुरुबाट नै त्रुटीरहीत ढंगले अनुसन्धान गरी प्रमाण संकलन गरिएको उनले बताए। उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए। भट्टविरुद्ध भागरथीले दाजुले किटानी जाहेरी दिइसकेका छन्। 

प्रहरीसँगको बयानमा भट्टले घर फर्किरहेकी भागरथीलाई सडकमा ढुकेर धकेल्दै तलतर्फ झारिदिएको बताएका छन्। उनले त्यसपछि धकेलेर तल झारिदिएपछि लडेकी उनको दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्। 

सुवेदीका अनुसार भागरथीको खुट्टाको औँलामा निलडाम  घाउ रहेको छ। यौनाङ्गबाट रगत जस्तो पदार्थ बगेको अवस्थामा फेला परेको थियो। दिनेश भट्ट विद्यालयमा अन्तिम कक्षा नपढी १३ : ४५ बजे साथीहरुसँग निस्केपछि स्थानीय बजारबाट एक्लै जंगलको बाटो हुँदै घरतर्फ गएको खुलेको छ।



भागरथीलाई लडाएपछि उनको पाइन्टसमेत घुँडासम्म फुकाली करणी गरेको बयान प्रहरीमा दिएका छन्। त्यसपछि उनले भागरथीलाई त्यतिकै छाडेर भागेको बयान प्रहरीलाई दिएका सुवेदीले बताए। भागरथीको ज्यान लिएपछि दिनेशले मोबाइल फोनको ब्याट्रीसमेत फ्याँकेर भागेका थिए। उनी त्यहाँबाट सडकको बायाँ हुँदै घरतर्फ गएका खुलेको छ। 

भिडियो



  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १५:१७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया