यस्तो छ मनीषा कोइरालाको महामृत्युञ्जय मन्त्र (भिडियो)

महाशिवरात्रिको अवसर पारेर अभिनेत्री मनीषा कोइरालाले आफ्नै स्वरमा महामृत्युञ्जय मन्त्र सार्वजनिक गरेकी छिन् । महामृत्युञ्जय मन्त्र भिडियोसहित सार्वजनिक गरिएको हो ।

सांगीतिक समूह ‘सुरसुधा’सँगको सहकार्यमा कोइरालाले यो भजन ल्याएकी हुन् । महामृत्युञ्जय मन्त्रमा सुरसुधाका तबलावादक सुरेन्द्र श्रेष्ठको संगीत छ । 

साढे चार मिनेट लामो भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ ।

अभिनेत्री कोइरालालाई सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलावादक श्रेष्ठले स्वरमा साथ दिएका छन् । 





  • प्रकाशित मिति : फागुन २७, २०७७ बिहीबार २०:५८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया