महन्थलाई प्रचण्डको प्रस्ताव : तपाईंकै नेतृत्वमा सरकार बनाऔँ, अरुको नेतृत्वमा किन जाने ?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली सरकारमा जानभन्दा आफ्नै नेतृत्वमा सरकार बनाउने पहलकदमी लिन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरेका छन्।

शनिबार प्रज्ञा प्रतिष्ठानको नागरिक डबलीमा बोल्दै ठाकुरले आफ्ना मागबारे लिखित प्रतिबद्धता जनाउने पार्टीलाई सहयोग गर्ने बताएका थिए । त्यसको जवाफमा दाहालले ठाकुरलाई बालुवाटारमा ओलीसँग भेट्न जानुभन्दा सरकारको नेतृत्व लिएर समाधान गर्न आग्रह गरेका हुन्।

दाहालले आफूले पहिलोपटक संसदमा संविधान संशोधन प्रस्ताव लगेको स्मरण गराउँदै उक्त प्रस्ताव असफल बनाउने केपी शर्मा ओली नै भएको ठोकुवा गरे । 

त्यसैले ओलीलाई समर्थन गर्नुभन्दा आफ्नै नेतृत्वमा सरकार बनाउन ठाकुरलाई आग्रह गरे । ‘तपाई नै सरकार बनाउनुस् र हल गरौँ भन्ने मेरो प्रस्ताव हो। एक हप्ताभित्र हाम्रो सरकार बन्छ,’ उनले भने, ‘तपाईंकै नेतृत्वमा सरकार बनाऔँ अनि हल गरौँ। अब अरुको नेतृत्वमा किन जाने ?’





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १७:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया