फेरि उकालोतिर कोरोना संक्रमण, सोमबार भेटिए २६६ जना संक्रमित

नेपालमा कोरोनाको दोस्रो लहरले जोखिम ल्याउने संकेत देखिएको छ। भारतमा विकराल बनिसकेको कोरोनाको दोस्रो लहर नेपालमा पनि विस्तारै उकालो लागेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको विषयमा भनाइ राख्‍दै सोमबार नेपालमा २६६ जना नयाँ संक्रमित भेटिएको बताएका छन्। उनका अनुसार ४५ सय ३६ पिसिआर परीक्षण गर्दा यतिका संक्रमित भेटिएको बताए। 
 
'नेपालमा पनि भारतमा जस्तै कोरोनाको दोस्रो लहर विस्तारै उकालो लाग्न थालेको छ', उनले  भने, 'सोमबार मात्रै ४ हजार ५३६ को पिसिआर परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भयो। यसले नेपालमा विस्तारै पोजेटिभ हुने अर्थात कोरोनाबाट संक्रमित हुने क्रम बढ्दैछ भन्‍ने पुष्टि गरेको छ।'

उनका अनुसार सोमबारसम्म नेपालमा कोरोनाबाट ३०३२ जनाले ज्यान गुमाएको बताए। सोमबार मात्रै कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन्। हालसम्म २२ लाख ८५ हजार जनाको कोरोना परीक्षण भइसकेको त्रिपाठीले बताए। मन्त्री त्रिपाठीका अनुसार २ लाख ७८ हजार २ सय १० जना संक्रमित भइसकेका छन्। 

नेपालमा कोरोना संक्रमित निको हुने दर ९८ प्रतिशत रहेको उनले बताए। त्रिपाठीले असारभित्रमा ६० लाख नेपालीलाई कोरोनाविरुद्धको खोप दिने योजना रहेको  पनि जानकारी दिए। उनले आगामी जेठ र असारसम्म कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने पनि बताए।
 





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १६:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया