परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप ल्याउनका लागि प्रक्रिया अगाडि बढाइएको बताएका छन् । मन्त्री ज्ञवालीले अमेरिकाले सहयोगमा दिन लागेको खोप नेपाल ल्याउनका लागि प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाको प्रश्नमा जवाफ दिँदै ज्ञवालीले अमेरिकाले ठूलोमात्रामा अन्य देशलाई खोप सहयोग गर्ने बताएसँगै नेपालले पनि प्रक्रिया सुरु गरिसकेको बताएका हुन् ।
सांसद थापाले सामाजिक सञ्जालमार्फत मन्त्री ज्ञवालीलाई मेन्सन गरेर अमेरिकाले ६ करोड डोज खोप बाँड्न लागेको र त्यसमा नेपालले पनि आफ्ना लागि पहल गर्न भन्दै आग्रह गरेका थिए ।
जसको जवाफमा मन्त्री ज्ञवालीले नेपालले अमेरिकाबाट सहयोग खोप पाउनका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराएका हुन् । सांसद थापाले अमेरिकी दूतावासलाई पनि यस प्रक्रियामा सहयोग गर्नका लागि आग्रह गरेका छन् ।
अमेरिकी सरकारले करिब ६ करोड डोज बराबरको कोरोनाको खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भन्ने समाचार स्वागतयोग्य छ।अमेरिकी सहयोगले कोरोनाको पछिल्लो लहरले आक्रान्त पार्दै गरेको नेपाल लगायत दक्षिण एसियाका देशहरू लाभान्वित हुनेछन् भन्नेमा विश्वास राख्दछु । (१/३)
— Gagan Thapa (@thapagk) April 28, 2021
सुझावका लागि धन्यवाद माननीयज्यू ।यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढ़ाई सकिएको छ ।
— Pradeep Gyawali (@PradeepgyawaliK) April 28, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।