साइकलयात्री रसाइलीको कोरोना संक्रमणबाट मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिकाका–१ घर भएका ४३ वर्षीय साइकलयात्री यमलाल रसाइलीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । घरमै रहेका उनमा कोरोना संक्रमण भएपछि उपचारको लागि धनगढीस्थित अस्थायी कोरोना अस्पातालमा भेन्टिलेटरमा उपचार गर्दागर्दै मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।  

यमलालले एउटा खुट्टाको सहारामा मेची–महाकाली मात्र नभई मुगुको रारा ताल अनि भारतमा आयोजना भएका छोटो तथा लामो दूरीका प्रतिस्पर्धामा सफल साइकल यात्रा गरेका धनगढीका नन्दराज भट्टले बताए । ‘यमलालले केही वर्ष अगाडि गाडी दुर्घटना हुँदा खुट्टा गुमाए ।’, भट्टले भने ।

‘शारीरिक रूपमा स्वस्थ व्यक्ति हुन् उनी । खेलाडीसमेत भएको हुँदा उनमा कुनै प्रकारको स्वास्थ्य समस्या थिएन । तर, एक्कासी बिरामी भएपछि परीक्षण गर्दा कोरोना देखिएपछि शुक्रबार उपचारकै क्रममा उनको मृत्यु भयो ।’ दुर्घटनामा खुट्टा गुमाएपछि उनले अपांगता क्षेत्रमा पनि काम गर्दै आएका थिए । 

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा एक वर्षीया बालिकासहित थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरूमा अछाम, कैलाली र कञ्चनपुरका छन् ।

अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमल बजार नगरपालिका–७ की ती बालिकाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।



बिहीबार साँझ नै कञ्चनपुरको महाकाली अस्पताल भर्ना भएका जिल्लाको भीमदत्तनगरपालिका–१८ का ४१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका ५ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भीमदत्त नगरपालिकाका संक्रमितको आइसियुमा राखेर उपचार गरिरहेकै अवस्थामा मृत्यु भएको बताए ।

यसैगरी कैलालीका थप ३ जना कोरोना संक्रमितको मृत्यु छ । गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका वडा नं ८ का ४५ वर्षीय र लम्कीचुहा नगरपालिका वडा नं १ का ४३ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।
 



  • प्रकाशित मिति : वैशाख १७, २०७८ शुक्रबार १२:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया