विलियमसनको कप्तानीमा न्युजिल्यान्डको टिम घोषणा

आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ ।

च्याम्पियनसिपको फाइनल जुन १८ देखि २२ सम्म इङ्ल्यान्डको साउथह्याम्टनमा न्युजिल्यान्ड र भारतबीच हुनेछ ।

न्युजिल्यान्ड क्रिकेट संघले मंगलबार भर्खरै इङ्ल्यान्ड विरुद्धको टेस्ट सिरिज खेलेका ५ खेलाडीलाई हटाउँदै बाँकी खेलाडीलाई समेटेर टोली घोषणा गरेको हो । न्युजिल्यान्डले घरेलु टोली इङ्ल्यान्डलाई १-० हराउँदै सिरिजमाथि कब्जा जमाएको थियो । 

इङ्ल्यान्ड विरुद्धको टेस्ट टिममा रहेका डग्लस ब्रेसबल, ड्रायल मार्सल, रचिन रविन्द्र, मिचेल स्यान्टनर र जेकब डुफीले च्यम्पियनसिपका लागि टोलीमा स्थान बनाउन सकेनन् ।

टेस्ट च्याम्पियनसिप बराबरी भएमा दुवै टोलीलाई विजेता घोषणा गरिने आइसिसीले बताएको छ ।

हाल टेस्ट वरियताको शीर्ष दुई टोलीबीचको फाइनल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । च्याम्पियन्ससिप विजेताले १.६ मिलियन डलर प्राप्त गर्नेछ । 



यस्तो छ न्युजिल्यान्डको टोली:

केन विलियम्सन (कप्तान), टम ब्लन्डेल, टिम साउदी, रोस टेलर, डेविड कोन्वे, काइल जिमिसन, टम लाथम (विकेटकिपर), ट्रेन्ट बोल्ड, हेनरी निकोलस, अजाज पटेल, कोलिन डि ग्रान्डहोम, म्याट हेनरी, निल वाग्नर, विल योङ र बिजे वाटलिङ



  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १७:४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया