उपत्यकामा अबदेखि केके खुल्ने ?

गत आइतबार उपत्यकाका तीन प्रमुख जिल्लाका अधिकारीहरूको संयुक्त बैठकले एक साता निषेधाज्ञा थपेको थियो । निषेधाज्ञा थपे पनि पहिलाको तुलनामा भने निकै राहत दिइएको छ । 

व्यक्तिगत सवारी साधान जोरबिजोर प्रणाली अनुसार आजदेखि चल्न पाउनेछन् । यद्यपि सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन ।

खाद्यवस्तु, तरकारी, फलफुल, दुग्ध पदार्थ, माछामासु, ग्यास, पानी लगायतका अत्यावश्यक वस्तुका पसल बिहान ११ बजेसम्म मात्र खुल्न पाउनेछन् । यसै गरी स्टेनसरी पनि बिहान ११ बजेसम्म खुल्नेछ ।

होटेल तथा रेस्टुरेन्टमा टेक अवे तथा अनलाइन डेलिभरी हुनेछ । 

आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सुन, भाँडाकुडा, विद्युत्तीय सामग्रीका पसल खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, फेन्सी, टेलरिङ, गिफ्ट, साडी, कस्मेटिक पसल खोल्न पाइने निर्णय भएको छ ।

औषधी तथा स्वास्थ्य सामग्री भने चौबीसै घन्टा उपलब्ध हुनेछ ।



अबदेखि विवाह र ब्रतबन्धमा जनस्वास्थ्य मापदण्ड पालना गरी १० जनासम्म सहभागी हुन पाउनेछन् । विवाह र ब्रतबन्धमा दुईवटा सवारी साधनमात्र प्रयोग गर्न पाइनेछ ।

बैंक, वित्तीय संस्था, बीमा, सहकारी, गैरसरकारी संस्था जनस्वास्थ्य मापदण्ड पालना गर्दै कम जनशक्ति खटाइ सञ्चालना गर्न पाइनेछ । 



  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार ७:१९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया